काठमाडौं । रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ । उक्त भेला यहीँ जेठ २६ गते काठमाडौंको एक होटलमा हुने भएको हो ।
राष्ट्रिय भेला शुक्रबार दिउँसो १२ बजे उदघाटन गर्ने रिटर्नी सेन्टर नेपालको आयोजक समितिले जनाएको छ ।
वैदेशिक रोजगारीबाट नेपाल फर्किएकालाई एकतावद्ध गर्न रिटर्नी सेन्टरको प्रथम राष्ट्रि भेलाको आयोजना गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचतण्डको प्रमुख आतिथ्यमा भेलाको उदघाटन गरिनेछ । रिटर्नी सेन्टर नेपाल नेकपा (माओवादी केन्द्र)निकट संगठन हो ।