• जेष्ठ ११ २०८३, सोमबार

आजदेखि प्रतिनिधिसभामा बजेटमाथि छलफल हुने

जेष्ठ २१ २०८०, आईतवार

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबारदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत आयब्यय अनुमानमाथि छलफल सुरु हुने संसद सचिवालयले जनाएको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्नुभएको थियो । बजेट पेश भएपछि प्रतिनिधिसभाको बैठक पहिलो पटक बस्न लागेको हो ।

बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन् ।