• जेष्ठ ११ २०८३, सोमबार

आज साँझ ६ बजे स्वदेश फर्किँदै प्रधानमन्त्री

जेष्ठ २० २०८०, शनिबार

काठमाडौं । चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्ड स्वदेश फर्र्किँदैछन् । उनी आज (शनिबार) साँझ ६ बजे स्वदेश फर्किने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड अपराह्न ४ः३० बजे दिल्लीबाट प्रस्थान गर्नेछन् । साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बुधबार भारत गएका प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु , प्रधानमन्त्रीनरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए ।