• जेष्ठ २८ २०८२, मंगलवार

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुने, तराईमा अत्याधिक गर्मी

जेष्ठ २० २०८०, शनिबार

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (शनिबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको अधिकांश भू–भागको अधिकतम र न्युनतम तापक्रम वढ्ने सम्भावना रहनुका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले छ ।

तराईमा भने अत्याधिक गर्मी बढेको छ । यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।