• जेष्ठ २८ २०८२, मंगलवार

प्रधानमन्त्री प्रचण्डद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

जेष्ठ २० २०८०, शनिबार

काठमाडौँ ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको ओडिशामा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस दुःखको घडीमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, सरकार र शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।’

चार दिने भारत भ्रमणको चौथो तथा अन्तिम दिनमा मध्यप्रदेशमा रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार भएको रेल दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति दुख व्यक्त गरेका छन्।