• बैशाख २६ २०८३, शनिबार

रास्वपा सभापति लामिछाने र पत्नी निकिता पौडेल भारतमा

जेष्ठ १८ २०८०, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो (बुधबार) भारत प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका थिए ।

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा.मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् ।