• बैशाख २६ २०८३, शनिबार

प्रधानमन्त्रीले देशको हित विपरीत सम्झौता गरे चुप लागेर नबस्ने ईश्वर पोखरेलको चेतावनी

जेष्ठ १८ २०८०, बिहीबार

सिराहा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सहमति गर्न सक्ने आशंका गरेका छन्।

एमाले जिल्ला कमिटी सिराहाले बुधबार गोलबजारमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरीत सम्झौता गरे पार्टी चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।