• बैशाख २६ २०८३, शनिबार

पहिचान पक्षधर २७ आन्दोलनकारी रिहा

जेष्ठ १७ २०८०, बुधबार

काठमाडौं । कोशी प्रदेशको नामाकरणविरुद्ध आन्दोलनरत २७ जना पहिचान पक्षधर नेता-कार्यकर्ता रिहा भएका छन् । प्रदेशको नामकरण पहिचानका आधारमा गर्नुपर्ने मागसहित उनीहरू आन्दोलनमा सहभागी भएका थिए ।

१४ जेठमा विराटनगरको देवकोटा चोकमा भएको आन्दोलनका क्रममा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का उपाध्यक्ष अशोक चेम्जोङ लिम्बुसहित २७ जना मंगलबार साँझ रिहा भएका हुन् ।

यद्यपि, उनीहरूले पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । प्रदेश १ पुनः नामकरण समितिले बुधबार पनि विराटनगरमा शान्तिपूणर् आन्दोलन गर्ने जनाएको छ । तर, आमहड्ताल भने फिर्ता लिइएको छ ।