• असार १ २०८२, आईतवार

पशुपतिनाथको ३१ रोपनी जग्गा खाने गिरोहको पनि भण्डाफोर गरौं : शिवाकोटी

जेष्ठ १२ २०८०, शुक्रबार

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पशुपतिनाथको ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

पशुपतिनाथको जलहरी मात्र नभई गोठाटारमा रहेको सो ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर भागबण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरू देखिएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘जलहरी मात्र हैन गोठाटारमा रहेको पशुपतिनाथको ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गरौँ,’ उनले भनेका छन्, ‘जलहरीको कुरा संसदसँगै अख्तियारमा पनि प्रवेश गरिसकेको छ । यहि बीचमा गोठाटारमा रहेको पशुपतिनाथको ५३५ रोपनी मध्य ५०४ रोपनी देखाई ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर भागबण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरु देखिएका छन् ।’