• असार १ २०८२, आईतवार

संदिग्ध सूचीमा प्रहरी प्रमुख थपिएका छन्, दण्डहीनताको नाटक कति लम्बिन्छ? : स्वर्णिम वाग्ले

जेष्ठ १० २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी मुद्दामा प्रहरी प्रमुख समेत थपिएको उल्लेख गर्दै दण्डहीनताले निरन्तरता पाउनेमा आशंका व्यक्त गरेका छन्।

प्रतिनिधि सभामा आफ्ना कुरा राख्दै उनले उक्त प्रकरणको छानबिन गरेर दोषी कारबाहीको भागी हुनेमा आशंका व्यक्त गरेका हुन्।

कानुनको लामो हातबाट कोही भाग्न नसक्ने उल्लेख गर्दै आफूले दण्डहीनताको नाटक नियालिरहेको उल्लेख गरे। उनले भने, ‘नक्कली शरणार्थी मुद्दाको छानबिनको संदिग्ध सूचीमा प्रहरीमा प्रमुख (बसन्त कुँवर) पनि थपिएका छन्। कानुनको लामो हातबाट कोही भाग्न सक्ने छैन। दण्डहीनताको यो निकृष्ट चुरीफुरी र यो नाकट कति लम्बिन्छ हामी हेर्दैछौं।’

उनले आफ्नो निर्वाचन क्षेत्रमा हावाहुरीका कारण क्षति भएको उल्लेख गर्दै त्यसको पूर्तिका लागि सरकारसँग माग गरेका छन्।