• बैशाख २६ २०८३, शनिबार

नवनियुक्त दुई मन्त्रीको शपथ आज हुने

जेष्ठ १० २०८०, बुधबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका एक मन्त्री र एक राज्यमन्त्रीको शपथ आज हुने भएको छ।

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीको शपथग्रहण आज हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ९ः५० मा शपथग्रहणको कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँग मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।