• असार २ २०८२, सोमबार

छोरालाई हतकडी लगाएको सुनेपछि मन बिग्रेर सम्पर्कविहीन भएँ : टोपबहादुर रायमाझी

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफ्नो छोरालाई पक्राउ गरी हतकडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेर मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन बनेको आफ्नो बयानमा बताएका छन् । रायमाझीले आफ्नो कदम रोकिएको मात्र तर आफै सम्पर्कमा आउने क्रममा रहेको पनि दाबी गरेका छन् ।

अधिकार प्राप्त सरकारी अधिकारी समक्षको बयानमा रायमाझीले सानु भण्डारीको घरबाट प्राप्त डायरीमा आफ्नो नाममा रकम दिएको भनिएको कुरामा कुनै सत्यता नरहेको बताएका छन् । उनले केशव दुलाल र सानु भण्डारीसँगको अफरमा ‘फ्रेस’ हुनका लागि मात्र हेलिकप्टरमा गोसाईंकुण्ड पुगेको जिकिर गरेका छन् ।

बयानमा रायमाझीले गृह मन्त्रालयमा इन्द्रजीत राईको कार्यकक्षमा राई, भण्डारी र दुलालबीच लेनदेनको विवाद भएको सुनेको स्वीकार गरेका छन् । कार्यकक्षबाट बाहिर आएपछि आफूले भण्डारी र दुलाललाई डुप्लिकेट काम त गरेको छैन भनेर उल्टै प्रश्न गरेको बताएका छन् ।