• बैशाख २६ २०८३, शनिबार

हामीलाई हुँडारले जस्तै जिउँदै टोकेरे सिध्याउन खोजियोः ओली

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई हुँडारले जस्तै जिउँदै खाएर सिध्याउन खोजिएको टिप्पणी गरेका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै ओलीले चार होइन दशतिरबाट टोकेर सिध्याउन खोजिएको भन्दै टिप्पणी गरेका हुन् ।

‘हामीले यो दुई वर्षमा धेरै भयानक हमला, चारै दिशाबाट मात्रै हैन दसै दिशाबाट हामीमाथि तीव्र हमला भयो । हामीलाई सिध्याउन दसैँ दिशाबाट हमला भयो’ ओलीले भने, ‘तलमाथि, वरपर, पूर्व पश्चिम, उत्तरदक्षिण कुनाकुना कतै बाँकी नराखेर चौतर्फी हमाल भयो । हुँडारको बथान जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ, कसैले टाउकोतिर टोक्छ । हीही गरेर कराएर झम्टिए । जिउँदै खाएर सिद्याउन खोजियो ।’