• जेष्ठ १२ २०८३, मंगलवार

नीति तथा कार्यक्रमामाथि आज पनि छलफल जारी रहने

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमामाथि आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि सोमबारको बैठकमा झन्डै चार दर्जन सांसदले आफ्नो धारणा राखिसकेका छन् । आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गत जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो ।