काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अर्थतन्त्रका १५ वटा समस्याहरुको विवेचना गरेका छन् ।
सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छललफलमा भाग लिँदै अध्यक्ष नेपालले देशको अर्थतन्त्रमा रहेका समस्याहरुलाई १५ वटा बुँदामा समेटेर प्रस्तुत गर्दै अराजकताकै कारण भ्रष्टाचार मौलाएको बताए ।
इमानदारिता र कर्तव्यनिष्ठा र मेहनत गर्ने प्रवृतिमा कमी आउनु पनि नेपाली अर्थतन्त्रमा देखा परेका समस्याहरुको कारण रहेको उनले व्याख्या गरेका छन् ।
नेपालले देशको अर्थतन्त्र सामू रहेका समस्या भन्दै राखेका १५ बुँदा यस प्रकार छन्
१. न्युन आर्थिक बृद्धि
२. उच्च मुद्रा स्फति
३.मुल्य बृद्धि
४.जनशक्ति पलायन
५. लगानी न्युन
६. न्युन पुजिँगत खर्च
७. तरलताको संकुचन
८. घद्दो राजश्व परिचालन
९.उच्च ब्याजदर
१०. बाह्य क्षेत्रको सन्तुलन चाप
११. भुक्तानी शृङखला टुट्नु
१२.जमिनहरुको बाँझो हुँदै जाने समस्या
१३. खाद्यय संकटको नजिक
१४.योजनाको उचित छनोटमा समस्या
१५.योजनाको प्राथमिकतामा समस्या