काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले आलोक नगर र प्रयाग मार्गको बीचमा आकाशे पुल बनाउन माग गरेका छन् ।
काठमाडौँको शान्तिनगर क्षेत्रमा पैदल यात्रीलाई असुरक्षित भएको बताउादै उनले प्ल बनाउन माग गरेका हुन् ।
काठमाडौँ -१ बाट निर्वाचित सांसद सिंहले शान्तिनगर क्षेत्रमा पैदल यात्रीको दृष्टिकोणबाट ब्ल्याक स्पट बन्न पुगेको बताए ।
ट्राफिक दुर्घटनाबाट केही वर्षदेखि धेरैले ज्यान गुमाइसकेको उनको भनाइ छ । ‘यहाँका स्थानीय बासिन्दाहरूबाट आलोक नगर र प्रयाग मार्गको बीचमा आकाशे पुलको डिमान्ड भएको छ । त्यहाँ आकाशे पुल बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु,’ सिंहले भने ।