• मंसिर १७ २०८१, सोमबार

भरत दाहालले गरे अमेरिकाले बझाङमा सुन उत्खनन् गर्न थालेको खुलासा (भिडियो सहित)

जेष्ठ ८ २०८०, सोमबार

काठमाडौं । ठूलो विरोधको बाबजुद पनि अमेरिकी एमसीसी नेपालको संसदबाट पास भएको केही समय नबित्दै उसले नेपालका धेरै स्थानहरुमा यससँग सम्बन्धित कामहरु सुरु गरिसकेको छ ।

भक्तपुर, नुवाकोट र पाल्पामा यसले केही वर्षअघि नै सो परियोजनासँग सम्बन्धित काम सुरु गरिसकेको भएपनि त्यसको कडा विरोध भएपछि काम अघि बढ्न सकेको थिएन । तर यसपाली भने एमसीसीका पदाधिकारीहरुले यसको मातहतका थप कामहरु अघि बढाएको समाचारहरु आउन थालेका छन् ।

यसैबीच भर्खर मात्र पश्चिम नेपालको बझाङ, बाजुरा र मुगु लगायतका जिल्लाका स्थानहरुमा एमसीसी अन्तरगतका कामहरु सुरु गरिसकिएको खबरहरु आएका छन् । यो खबर सबभन्दा पहिला राजनीतिक विश्लेषक भरत दाहालले सार्वजनिक गरेका हुन् । आफ्नो भरत दाहाल नामक युटुब च्यालनमार्फत् उनले यो कुरा सार्वजनिक गरेका हुन् ।

दाहाल लामो समयदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीति, कुटनीति तथा विश्व भूराजनीतिका बारेमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्दै आएका व्यक्ति हुन् । उनीसँग धेरै विषयमा सूचना रहेको विश्वास गरिन्छ । चीन-भारत सम्बन्ध र द्वन्द, रुस-भारत व्यवपारीक सम्बन्ध, चीन-अमेरिका टक्राव र पछिल्लो चरणमा विकास भएको रुस-युक्रेन युद्ध जस्ता विषयमा दाहालले सुक्ष्म अध्ययन तथा विश्लेषण गर्दै आएका छन् ।

साथै दाहालले विश्व राजनीतिमा हाल आइरहेको उथलपुथल र यसले नेपालमा पार्ने प्रभावका बारेमा पनि खोज गरि नेपालीलाई जानकारी दिँदै आएका छन् । यही बीचमा नै उनले अमेरिकीहरुले नेपालको बझाङ लगायतका जिल्लामा बढाइरहेको गतिविधिका बारेमा जानकारी दिएका छन् । दाहालका अनुसार बझाङको माझा भन्ने स्थानमा अमेरिकी सेनाको फौज तैनाथ भइसकेको छ ।

सो फौजले त्यहाँ स्थानीयलाई प्रवेशमा रोक लगाएको छ र सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय बझाङमा स्थानीयले उजुरी गर्दा पनि सुनेको नसुन्यै गरेको छ । डिजिटल सञ्चारमाध्यममा दाहालले सार्वजनिक गरेको सो भिडियो केही दिनदेखि चर्चामा छ । आइतबार मात्र एमसीसीका उपाध्यक्ष ब्रुक्स जोनाथनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर एमसीसीका कामहरु अगाडी बढाउन सुरक्षा र उपयुक्त जमिन उपलब्ध गराइदिन सहयोगको माग गरेका छन् ।

दाहालले बझाङमा अमेरिकी सेनाको गतिविधिलाई उनीहरुले यसअघि नै गरिसकेका कामहरुलाई बाहिर देखाउन र मान्यता पाउन सरकारसित माग गरेका हुन् । दाहालले पश्चिम नेपालका ५ जिल्लाबाट आफूलाई अमेरिकी गतिविधिहरुका बारेमा सूचनाहरु आएको बताएका छन् । उनले बझाङको माझामा अमेरिकी सैन्य क्याम्प स्थापना भइसकेको र त्यहाँ अमेरिकी सेना वसारपसार गर्न काठमाडौंस्थित संयुक्त राष्ट्र संघको निलो प्लेट भएको गाडी प्रयोग भइरहेको बताएका छन् ।

स्थानीयहरुका अनुसार स्थानीयलाई सो स्थानमा आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ । नजिकको सुनिकोट जंगलमा घाँस, दाउरा र जडिबुटीका लागि सो स्थानमा स्थानीयलाई जानमा रोक लगाइएको छ । सैपाल हिमालको काखमा रहेको सो सुनिकोटको पहाडमा सुन र युरेनियमको खानी रहेका विश्वास गरिन्छ ।

स्थानीयले गरेको अनुमान अनुसार उनीहरुले सुनिकोटमा रहेको सुन उत्खनन् गर्दैछन् । यसैगरि त्यहाँबाट चीनको तिब्बतसित नेपालीको व्यपार हुन्छ तर सो क्षेत्रबाट चीनसितको स्थानीयको सम्बन्ध पनि कटाइएको छ । चिनियाँहरुलाई नेपाल आउन र नेपालीलाई चीनतिर जान अमेरिकी सेनाले रोक लगाएको छ । स्थानीयलाई भेडाबाख्रा चराउने जंगलमा जान पनि प्रतिबन्ध गरिएको छ भने स्थानीयमाथि कुटपिट सुरु भएको छ ।

स्थानीयहरुको भनाईलाई उदृत गर्दै दाहालले दलाई लामाका तिब्बती शरणार्थीहरुलाई आउजाउ गर्न भने दिइएको बताएका छन् । यसरी अमेरिकीहरुले बझाङको एउटा ठूलो क्षेत्रलाई सिल गरेका छन् । माझालाई केन्द्र बनाएर अंग्रेजहरुले बाजुरा र मुगु लगायतका जिल्लाका केही स्थानहरुमा पनि क्याम्प खडा गरेर बसेका छन् ।

दाहालले भिडियोमार्फत् गरेको खुलासामा करिव १५-१५ दिनमा ट्रकका ट्रक चामल लगायतका सामानहरु पठाउने गरिँदै आएको छ र ती चामलका बोराहरुमा बाइबल पनि लगिएको छ । स्थानीयहरुले दिएको जानकारी अनुसार स्थानीयको बालिनाली काट्ने र फाँड्ने काममा कांग्रेस र माधव नेपालका कार्यकर्ता सकृय रहेको बताइन्छ । दाहालले एमसीसी परियोजना अन्तरगत अमेरिकाले नेपालको खानीहरु लुट्न थालेको बताएका छन् ।