• असार २ २०८२, सोमबार

नक्कली भुटानी शरणार्थी काण्डका १६ जनालाई म्याद थपका लागि अदालत लगियो

जेष्ठ ७ २०८०, आईतवार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना आरोपितलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

काठमाडौं प्रहरी परिसरले उनीहरूलाई हिरासतमा राख्नका लागि अनुमति माग गर्न अदालतमा उपस्थित गराएको हो ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका बादलका सल्लाहकार ईन्द्रजित राई, सो गिरोहका सानु भण्डारी, केशव दुलाल, टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायतलाई पक्राउ गरेको छ ।

प्रहरीले यो प्रकरणमा अहिलेअनुसन्धान गरिरहेको छ ।