काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । शनिवार दिउँसो २ बजेदेखि संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा हुने बैठकमा पार्टीका संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।
सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रमबारे संसदमा एमालेले खेल्ने भूमिकाका बारेमा बैठकमा छलफल हुनेछ । भोलिदेखि सुरु हुने नीति तथा कार्यक्रमबारे सदनमा कसरी प्रस्तुत हुने सन्दर्भमा संसदीय दलको बैठक बस्न लागेको एमाले सांसद लीलानाथ श्रेष्ठले जानकारी दिए ।
आगामी आर्थिक वर्षका लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि भोलिदेखि दलगत आधारमा प्रतिनिधि सभामा छलफल हुँदै छ ।