काठमाडौँ। जनकपुरबाट काठमाडौँतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा दखिएपछि उडान स्थगित भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यात्रुले मुसा देखेपछि उडान स्थगित भएको र यात्रु अर्को जहाजमार्फत काठमाडौँतर्फ आइरहेको बताए ।
यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको जनकपुरस्थित बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए । जहाजमार्फत ४९ जना यात्रु काठमाडौँतर्फ आउन लागेका थिए । जहाज आजै बिहान साढे ८ बजे जनकपुर पुगेको थियो ।