• असार ३ २०८२, मंगलवार

आफैले आगो लगाएर महिलाले गरिन् आत्महत्या, कारण अझैँ खुल्न बाँकी

जेष्ठ ६ २०८०, शनिबार

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर एक महिलाले आत्महत्या गरेकी छन् ।रामेछाप घर भएकी ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरेकी हुन् ।

चन्द्रागिरि नगरपालिका–९ मा डेरामा श्रीमानसँग बस्ने शान्तिले शुक्रबार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा शान्तिको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न बाँकी छ ।