काठमाडौं । एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । काठमाडौं चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँ बस्ने एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्म हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार रामेछाप घर भई उक्त गाउँमा बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठले शुक्रबार दिउँसो २ः४५ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि छटपटिँदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।
अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर जलन अस्पतालमा आज (शनिबार) बिहान ३ः२० मा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।