• बैशाख २७ २०८३, आईतवार

परराष्ट्र नीति अख्तियार गर्ने सरकारका तीन आधार

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौं । नेपाल सरकारले परराष्ट्र नीति अख्तियार गर्न तीन वटा आधार सहितको नीति रहेको उल्लेख गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख रहेको छ।

‘संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्न नीति, पञ्चशीलको सिद्धान्तका आधारमा स्वतन्त्र र सन्तुलीत परराष्ट्र नीति लिइनेछ। छिमेकी राष्ट्र लगायत, सबै मित्र राष्ट्रसँग सार्वभौमिक समानता पारस्परिक सम्मान र लाभका आधारमा दुईपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा रहेको छ।