• असार ३ २०८२, मंगलवार

आँखाले हेरेकै भरमा रोग निको हुने भ्रम छर्नेलाई कारवाही गर्न माग

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौँ । नेपाल चिकित्सक संघले आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको हुने भ्रम सिर्जना गर्ने गुरु भनिने भरत केसीमाथि कारवाहीको माग गरेको छ । संघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकहरूमा भ्रम सिर्जना गर्न खोजिएकोप्रति आपत्ति जनाएको हो ।

संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रप्रति नै भ्रम सिर्जना गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । यस प्रकारका अस्वाभाविक र वैज्ञानिक रूपमा पुष्टि हुन नसकेका कुरालाई अविलम्ब बन्द गरी त्यस्ता कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न संघले नेपाल सरकार तथा सरोकारवाला निकायसँग माग गरेको छ ।