• असार ३ २०८२, मंगलवार

नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा प्रहरीमाथि राजनीतिक हस्तक्षेप हुनदिनु हुँदैन : सांसद देव

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौं । सत्तारुढ कांग्रेस सांसद जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने बताए । उनले शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

मुलुकमा भ्रष्टाचारको नेक्सस नै खडा भएको बताउँदै सांसद देवले त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताए । उनले मुलुकमा भ्रष्टाचार अब पनि बढ्दै जाने हो भने प्रतिगमनकारीहरूरुले टाउको ठड्याउन सक्ने पनि स्मरण गराए ।

सांसद देवले नेपाली जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा प्रवार चाहिरहेको उल्लेख गर्दै त्यस काममा सरकार अग्रसर हुनुपर्ने बताए ।