काठमाडौं। सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गर्नेछन् ।
पौडेल राष्ट्रपति बनेपछि पहिलो पटक दुबै सदनको बैठकलाई सम्बोधन गर्न लागेका हुन् । पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।