• असार ३ २०८२, मंगलवार

सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्रीको नाम

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ ।
संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुंगिएको जानकारी दिए । कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुग्याइएको नेता भट्टका बताए ।

उनीहरुले आज सपथ ग्रहण गर्ने नेता पनि भट्टले बताए ।यसअघि कञ्चनपुरका ओमबिक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी बिक सरकारमा जाने सहमती भएको नेताहरुले बताउने गरेका थिए । तर अन्मित समयमा भने उनीहरुको नाम काटिएको हो ।

नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका कमलबहादुर शाहले सरकारले शुक्रबार पूर्णता पाउने जानकारी दिए ।मुख्यमन्त्री शाहले दलहरुबीच भागवण्डा मिलेकाले आज सरकारलाई पूर्णता दिइने बताए ।