• बैशाख २७ २०८३, आईतवार

पूर्वसभामुख सापकोटासहित २० जनाको टोली चीन प्रस्थान

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौं । पूर्वसभामुख तथा प्रमुख सत्तारूढ दल माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटासहित २० जनाको टोली चीन प्रस्थान गरेको छ ।

१० दिने भ्रमणका लागि उक्त टोली शुक्रबार बिहान चीनको छेन्दु प्रस्थान गरेको हो । आपसी अनुभव आदानप्रदानका लागि

माओवादी केन्द्रको टोली चीन भ्रमण गएको भ्रमण दलका सदस्य सीपी मैनालीले जानकारी दिए ।

१० दिने चीन भ्रमण पश्चात् उक्त टोली यहीँ जेठ १४ गते स्वदेश फर्किने छ ।

भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा रहेको मैनालीले बताए ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली पनि चीन भ्रमण गरेर फर्किएको थियो ।