• जेष्ठ १२ २०८३, मंगलवार

आजको मौसम: यी ३ प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।