• आश्विन १ २०८१, मंगलवार

भिजिट भिसामा खाडी मुलुक जानेमाथि निगरानी बढाउन निर्देशन

जेष्ठ ४ २०८०, बिहीबार

काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयहरुलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिहरुप्रति पूर्ण सतर्कताका साथ काम गर्ने भनेका छन् । खासगरी भिजिट भिसामा खाडी मुलुक, टर्की, फिलिपिन्स, थाइल्याण्ड र मलेसिया जाने यात्रुमाथि बढी निगरानी गर्न निर्देशन दिइएको छ ।