• बैशाख १३ २०८३, आईतवार

रियल म्याड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी फाइनलमा

जेष्ठ ४ २०८०, बिहीबार

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता स्पेनिस क्लब रियल मड्रिडमाथि समग्रमा ५–१ गोलको जित निकाल्दै सिटीले युरोपियन्स लिगको फाइनल पक्का गरेको हो।

सेमिफाइनलको दोस्रो लेगमा सिटीले रियललाई ४–० ले हरायो। पहिलो लेग भने १–१ गोलको बराबरीमा सकिएको थियो।