• असार ३ २०८२, मंगलवार

शरणार्थी प्रकरण : आज एकीकृत समाजवादीले काठमाडौंमा भव्य प्रदर्शन गर्दै

जेष्ठ ४ २०८०, बिहीबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा (एकीकृत समाजवादी)ले आज (बिहीबार) विरोध प्रदर्शन गर्ने भएको छ ।

सो पार्टीका उपमहाचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतीघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो ।

हिजो (बुधबार) एकीस्कृत समाजवादीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।