काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको शालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।
मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसका अवसरमा तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी थिइन् ।
यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गरेकी छिन् ।
विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।