• मंसिर १७ २०८१, सोमबार

एकै दिन बसे १० वटा संसदीय समितिको बैठक

जेष्ठ २ २०८०, मंगलवार

काठमाडौँ । आजबाट सङ्घीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील भएका छन् ।

जसअनुसार आजै १० ओटै संसदीय समितिको बैठक एकै पटक बसेको हो । गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन ।

अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन ।

ज्येष्ठ सदस्यले अध्यक्षता गरेको आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल भइरहेको छ ।