काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नुपर्ने,कार्यालय जानुपर्ने र हार्ड कपी बुझाउनुपर्ने जस्ता परम्परागत शैली बन्द गरेको छ ।
गत वैशाख ३१ गतेको नगरप्रमुख स्तरीय निर्णयबाट जेठ १ गतेबाट कागजरहित सेवा सुरुवात गरेको हो । यसले परम्परागत शैली अन्त्य गरेको छ ।
यसका लागि इलेक्ट्रोनिक विल्डिङ परमिट सिस्टम (इबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ। यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो । यसअघि काठमाडौं महानगरपालिमा परम्परागत शैलीमा नक्सापास गर्ने प्रचलन रहेको थियो ।