काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बिहान सो भेटवार्ता भएको हो । भेटवार्तामा संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने लगायतका बिषयमा छलफल भएको छ।