• बैशाख २७ २०८३, आईतवार

संसदमा प्रधानमन्त्रीले भ्रष्टाचार निवारण विधेयक पेस गर्दै

जेष्ठ १ २०८०, सोमबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेका लागि तोकिएको  छ। बैठकका लागि दुईवटा कार्यसूची सार्वजनिक गरिएको छ।

संसद सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ।