• असार ४ २०८२, बुधबार

भ्रष्टाचारी नेतालाई सिधै बागमतीमा चोपाल्नुस्: मेयर बालेन

बैशाख ३१ २०८०, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति असन्तुष्टि जनाएका छन् ।

शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो असन्तुष्टि जनाएका हुन् । भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनु भन्दा भ्रष्टाचारीलाई कारबाहीको नीति बनाउन तिर लाग्नुपर्ने उनको तर्क छ ।

भ्रष्टाचारी नेता को हो र उसको घर कहाँ हो सबैलाई थाहा भएको बताउदै उनले त्यस्ता नेतालाई सिधै बागमतीमा लगेर चोपाल्न समेत आह्वान गरेका छन्। जनताको नेताले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उनले बताएका छन् ।