• बैशाख २७ २०८३, आईतवार

मन्त्रीको लिष्टबाट बाहिरिए मनाङे, जीतप्रकाशको ‘इन्ट्री’

बैशाख २९ २०८०, शुक्रबार

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्रीको लिष्टबाट बाहिरिएका छन् ।

शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मनाङेलाई मन्त्रीको लिष्टबाट हटाएर तनहुँ क्षेत्र नम्बर २(२)बाट निर्वाचित जीतप्रकाश आलेलाई मन्त्री बनाएका हुन् ।

यसअघि मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्री बनाउने चर्चा थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्री पाण्डेले कांग्रेसबाटै मन्त्री बनाएका हुन् ।