• बैशाख २७ २०८३, आईतवार

भुटानी शरणार्थी काण्डमा मुछिएकालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

बैशाख २७ २०८०, बुधबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा दोषी जति सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि काठमाडौंको भद्रकालीमा प्रदर्शन भएको छ ।

बुधबार दिउँसो बृहत् नागरिक आन्दोलनले भद्रकालीमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानबिन होस्, खोई कर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात, टोपबहादुरलाई ओलीको साथ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र नेकपा एमालेका उच्च तहका नेताहरू मुछिएका छन्। ठूला नेताहरू मुछिएकाले यो प्रकरणको प्रभावकारी छानबिन गर्न दबाब दिनका लागि प्रदर्शन गरिएको हो ।