• असार ४ २०८२, बुधबार

भुटानी शरणार्थी प्रकरणका दोषी राष्ट्र विरुद्धका अपराधी हुन् :राजन दाहाल

बैशाख २७ २०८०, बुधबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरू राष्ट्र विरुद्धका अपराधी भएको बताएका छन् । संसदमा बोल्दै दाहालले यस्ता भ्रष्टाचारीलाई कारबाही गर्न कुनै राजनीतिक संरक्षण हुन नहुने बताए ।

दाहालले पञ्चायतदेखि अहिलेसम्मका राजकीय पदमा बसेका सबैको निजी सम्पत्तिको अभिलेखीकरण गर्ने र स्रोत नखुलेको सम्पत्तिको राष्ट्रियकरण गर्न कानुनी व्यवस्था गर्न माग समेत गरेका छन् ।