• जेष्ठ १२ २०८३, मंगलवार

नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी

बैशाख २७ २०८०, बुधबार

काठमाण्डौ। काठमाण्डौको नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।नागार्जुन नगरपालिका ४ मा रहेको सरलपुरमा स्थानीय बालकुमार बयलकोटीले सञ्चालन गरेको रेष्टुँरामा गएराति १० बजे आगो लागेको हो ।

रेष्टुँराबाट सल्किएको आगोले नजिकै रहेको शम्भू साहको फर्निचरमा पसलमासमेत नोक्सानी पुर्‍याएको छ ।आगलागीबाट रेष्टुँरा र फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेष्टुँरा जल्दा एक करोड र फर्निचरको २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

आगो दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा गएराति ११ बजे निभाइएको छ । आगो लाग्नुको कारण भने खुलेको छैन ।