• जेष्ठ १२ २०८३, मंगलवार

चार थान भरूवा बन्दुक बरामद

बैशाख २६ २०८०, मंगलवार

रूकुम (पूर्व) । सिस्ने गाउँपालिका-८ स्यालापाखास्थित सिमपातल सामुदायिक जंगलबाट ४ थान भरूबा बन्दुक सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।

उक्त जंगलमा तरुल खनेको खाल्डोमा भरुवा वन्दुक रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।