दार्चुला । शैल्यशिखर नगरपालिका-३ दुबेडी बस्ने १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।