• असार ४ २०८२, बुधबार

शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरबारे एमाले सचिवालय बैठकमा छलफल हुने

बैशाख २६ २०८०, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक आज आज बस्दैछ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुनेछ । सो छलफलपछि केन्द्रीय समितिको छलफलको अजेन्डा तय हुनेछ ।

एमालेको केन्द्रीय समिति बैठक यहीँ बैशाख २८ देखि शुरु हुँदैछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नुपर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रासरुटको समिक्षालगायतका अजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

यसका साथै बैठकमा भुटाणी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीबारे छलफल हुने बताइएको छ । उनी हालसम्म फरार छन् ।