• असार ४ २०८२, बुधबार

बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि ढुंगा प्रहार

बैशाख २५ २०८०, सोमबार

काठमाडौा । कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा भएको छ। सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा गरेको कालिकोट प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न प्रहरी टोली‌ त्यहाँ पुगेको थियो ।

उनका आफन्तले उल्टै प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।गाउँलेहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँतामा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुंगेल रावत र बलात्कार घटनाबाट पीडित परिवारका सदस्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

सोमबार बिहान ४ बजेतिर प्रहरी उनलाई पक्राउ गर्न गाउँमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव काफ्लेले जानकारी दिए।