• जेष्ठ १३ २०८३, बुधबार

मोरङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

बैशाख २१ २०८०, बिहीबार

मोरङ । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

लेटाङ  भिरिङखामा बुधबार साँझ भीरबाट जीप खस्दा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् । घाइतेको धरानमा उपचार भइरहेको छ ।

भित्री सडक खण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १-०२-००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जिपमा सवार लेटाङ-३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर मृत्यु भएको हो ।