• जेष्ठ १३ २०८३, बुधबार

सरकारका सचिब टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति

बैशाख २० २०८०, बुधबार

काठमाडाैं  । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिब टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

तत्कालीन गृहसचिव पाण्डेले यो प्रकरणमा गिरोहलाई सहयोग गरेको देखिएको भन्दै प्रहरीले उनलाई बुधबारै पक्राउ गरेको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौंमा उनलाई उपस्थित गराइएको थियो ।

अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।