काठमाडौं । सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाई जनही ६-६ लाख रुपैयाँ दिने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विजेता नेपाली टोलीलाई जनही ६-६ लाख रुपैयाँ दिने निणर्य गरेको हो ।
त्यस्तै अफिसियल टोलीलाई जनही ३-३ लाख रुपैयाँ दिने निणर्य भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको थियो ।