काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूणर्बहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएको हो ।
दुई पक्षबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने लगायतका विषयमा सहमति भएको छ ।
यस्तै कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार पार्ने सहमति पत्रमा भनिएको छ । मागपत्रमा उल्लिखित अन्य विषयहरुलाई सरकारले कानुन बनाउँदा ध्यान दिने भएको छ ।
त्यस्तै पुनको नेतृत्वमा भइरहेको धर्ना लगायत सबै आन्दोलनका कार्यक्रम अहिले नै अन्त्य गर्ने सहमति समेत भएको छ ।